बलिउडमा आज शुक्रबार सलमान खानको चलचित्र 'वीर' को सार्वजनिक प्रदर्शन प्रारम्भ हुँदैछ । विश्वव्यापी रूपमा प्रदर्शन हुन लागेको यो चलचित्रका कथाकार तथा लेखक पनि नायक सलमान खान नै हुन् । चलचित्रमा उनका अतिरिक्त सोहेल खान, मिथुन चक्रवर्ती, जैकी श्राफ, जरिन खान, लिजा लाजारुस, गिटा सोटो, निना गुप्ता, शहबाज खान, पुरु राजकुमार आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । ऐतिहासिक प्रेम कथा समेटिएको यो चलचित्रको निर्देशक अनिल शर्मा हुन् ।
बेलायत तथा भारतमा छायांकन गरिएको यो चलचित्रमा साजिद-वाजिदको संगीत छ । चलचित्रका गीतमा सुखविन्दर सिंह, सोनु निगम, वाजिद, राहत फतेह अलि खान, रूपकुमार राठौर, श्रेया घोषाल, सुनिधि चौहान आदि गायक-गायिकाको स्वर सुन्न सकिन्छ ।
यो चलचित्रमा सैनिकहरूको बहादुरीका गाथा समेटिएका छन् । चलचित्रमा एक जना स्वतन्त्रता सेनानीको कथा पनि समावेश छ, जसले न्याय र स्वन्तत्रताका लागि लडाइँ लडेको हुन्छ । 'वीर' मा माया, प्रेम, दृढ संकल्प तथा वीरताको कथा देख्न पाइन्छ । यो चलचित्र न्याय तथा स्वतन्त्रताका लागि हिम्मत र बहादुरीपूर्वक लड्नेहरूप्रति समर्पित छ । चलचित्रमा सलमान खानले वीरको भूमिका निर्वाह गरेका छन् । वीरले आफ्नो मातृभूमिको रक्षाका लागि लडाइँ गर्ने क्रममा आफ्नो जीवन नै समर्पित गरेका छन् । माधवगढका राजासँग आफ्ना बुबाको तर्फबाट बदला लिनु उनको मुख्य उद्देश्य हो । ती राजाले बेलायतीहरूसँग मिलेर उनका बुबा तथा स्थानीय बासिन्दालाई ठगेका थिए । चलचित्रको कथामा त्यसबेला रमाइलो मोड आउँछ जब वीर माधवगढकी राजकुमारीको प्रेमजालमा फस्छन् । माया-कर्तव्यमध्ये वीरले के रोज्छन् भन्ने कुरा चलचित्रको अर्को रोचक पक्ष हो ।
Monday, 25 January 2010
Subscribe to:
Post Comments (Atom)



No comments:
Post a Comment